ह्वावे हार्मोनीओएसमा गिलीका दुई नयाँ ईभी सार्वजनिक

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
ह्वावे हार्मोनीओएसमा गिलीका दुई नयाँ ईभी सार्वजनिक

काठमाडौं ।

चीनको सवारी उत्पादक गिली अटोमोटिभले दुई नयाँ ईभी सार्वजनिक गरेको छ। गिलीले इलेक्ट्रिक मिड साइज एसयूभी एम६ र सेडान जी६ सार्वजनिक गरेको हो।

यी दुई इलेक्ट्रिक मोडल उत्पादन गर्न ह्वावे र गिलीले पहिलो पटक सँगै काम गरेका छन्। गिलीका ईभीमा ह्वावेको हार्मोनीओएस प्रयोग गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

हार्मोनीओएस मोबाइल फोनहरुसँग कनेक्ट गर्न र निर्बाध अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। सफ्टवेयरले गाडीसँग फोनको विस्तारित एकीकरण प्रदान गर्दछ र कार लगभग फोनको एक्स्टेन्सन भएको छ।

जी६ सेडान दुई स्ट्यान्डर्ड भर्सनमा उपलब्ध छ। एउटामा ५३ किलोवाट आवर ब्याट्री र लङ रेञ्जमा ७० किलोवाट आवर ब्याट्री छ। ठूलो ब्याट्रीले ६२० किलोमिटर र सानो ब्याट्रीले ४८० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

४.७५ मिटरको सेडानको शुरुवाती मूल्य २० हजार ६०० अमेरिकी डलर र लङ रेञ्ज भर्सनको शुरुवाती मूल्य २३ हजार ४३० अमेरिकी डलर तोकिएको छ।

केही छोटा एम६ एसयूभी ४.४३ मिटरको छ। एसयूभी पनि समान दुई ब्याट्री भेरियन्टमा उपलब्ध छ। सानो ब्याट्रीले ४५० किलोमिटर र ठूलो ब्याट्रीले ५८० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

सानो ब्याट्रीको एसयूभीको मूल्य २० हजार ६०० अमेरिकी डलर र ठूलो ब्याट्री युक्त एसयूभीको मूल्य २३ हजार ४३० अमेरिकी डलर तोकिएको छ।
दुबै जी६ र एम६ मा समान पावरट्रेन र उस्तै पर्फमेन्ट दिन्छ।

सेडान र एसयूभी दुबैमा १५० किलोवाट अधिकतम पवार (२०१ एचपी)र ३१० एनएम टर्क जेनेरेट हुन्छ। दुबै कराले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न ६.९ सेकेन्ड समय लिन्छ र उच्चतम गति १५० किलोमिटर प्रति घण्टा छ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार