फोल्डेबल स्मार्टफोन ह्वावे पी५० पकेट एस बुधबार सार्वजनिक हुने

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार

काठमाडौं ।

ह्वावेको फोल्डेबल स्मार्टफोन ह्वावे पी५० नोभेम्बर २ (बुधबार) सार्वजनिक हुने भएको छ। ह्वावेले सन् २०१९ देखि फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ।

कम्पनीले आफ्नो पहिलो क्ल्यामशेल फोल्डेबल फोन (ह्वावे पी५० पकेट) गत वर्ष सार्वजनिक गरेको थियो। उक्त फोन सार्वजनिक भएको करिब एक वर्ष पछि कम्पनीले आफ्नो दोस्रो क्ल्यामशेल फोल्डेबल ह्यान्डसेट ह्वावे पी५० पकेट एस लन्च गर्ने तयारी गरेको हो।

ह्वावे पी५० पकेट एस सार्वजनिक कार्यक्रम विवो र अन्य प्रमुख चिनियाँ भिडियो स्ट्रिमिङ प्लेटफर्महरु मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

फोनमा मेटल फ्रेम, मेटल हिङ र ब्याकमा ग्यास दिइने सम्भावना छ। यसमा साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर पनि राखिनेछ।

यो कालो, निलो, गुलाबी, सेतो, हरियो र पहेंलो गरी ६ कलरमा उपलब्ध हुनेछ।

ह्यान्डसेट ८ जीबी र्याममा क्वालकम स्न्यापड्रगान ७७८जी एसओसी फोरजी भेरियन्टमा उपलब्ध हुनेछ। फोनमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार