Technology Khabar १७ बैशाख २०७४, आईतवार
काठमाडौं ।
काठमाडौँ, १७ वैशाख । नेपालको निजी वायुसेवा कम्पनी, हिमालय एअरलाईन्सले मध्यपूर्व क्षेत्रमा आफनो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सम्पन्न गरेको छ ।
हिमालयको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०:४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३:२५ (स्थानिय समय) मा अवतरण गरेको कम्पनीले जानकारी दियो।
हप्ताको ३ दिन, सोमवार, बुधवार र शुक्रवार उडान गर्ने हिमालय एअरलाइन्सले तीन वटा एअरवस मध्ये एउटा एअरवस यस मार्गमा सन्चालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको जनाएको छ ।
एअरलाईन्सले फिसटेल ट्राभल एण्ड टुरिज्म एलएलसी, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १७ बैशाख २०७४, आईतवार