बजाज आरईको शोरुम अब हेटौंडामा

  • Technology Khabar | १७ बैशाख २०७४, आईतवार
बजाज आरईको शोरुम अब हेटौंडामा

काठमाडौं ।

काठमाडौं, १७ वैशाख । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु) विक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले अब आफ्नो नयाँ शोरुम होराईजन अटो प्रा लि हेटौंडामा स्थापना गरेको छ । नयाँ शोरुमले बजाज आर्रईका स्पेयर पार्टस तथा एसेसरिजका लागि सहजता प्रदान गर्ने बताईएको छ ।

नेपालमा स्वरोजगार सिर्जना गर्न, विश्वको नम्बर १ थ्री ह्वीलर ब्राण्ड, बजाज आरई नेपालभर बिक्रीहुँदै आएको छ, जसले आप्रवासी कामदारहरु तथा संघर्षरत रोजगारकर्ताहरुलाई रोजगारीको अवसरहरु सिर्जना गर्दछ । बजाज आरईको मुख्य ध्यान ती व्यक्तिहरुको समृद्धिमा केन्द्रित रहेको छ, जो वैदेशिक रोगजारीमा जाने योजना बनाईरहेका छन् वा जो वैदेशिक रोजगारीबाट फर्किएका छन् । बजाज आरईमा गरिएको लगानीले यसको पहिलो दिन देखि नै वित्तिय फाईदा प्रदान गर्ने कम्पनीको दाबी छ ।

एचएच बजार आरईका डेपुटी जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी हेटौंडामा नयाँ शोरुम शाखा स्थापना भएको घोषणा गर्न पाउँदा निकै हर्षित भएका छौं । उपभोक्ताहरुको बढ्दो मागले नै हामीलाई हाम्रो बिस्तारमा उत्प्रेरित गरेको छ, हेटौंडामा रहेको उपभोक्ताहरु विभिन्न किसिमले यसबाट लाभान्वित हुनेछन् ।’

नयाँ शाखा बिस्तारको अवसर पारेर, शोरुमले ग्राहकहरुका लागि विभिन्न किसिमका रोमाञ्चक पुरस्कारहरु पनि घोषणा गरेको जनाएको छ ।

प्रकाशित: १७ बैशाख २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ बैशाख २०७४, आईतवार