गरिमा विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौंको लाजिम्पाटमा

  • Technology Khabar | १७ बैशाख २०७४, आईतवार
गरिमा विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौंको लाजिम्पाटमा

काठमाडौं ।

काठमाडौं, १७ वैशाख । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सोही अवसर पारेर लाजिम्पाटमा सरसफाई तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरग बैंकले शनिबार लाजिम्पाटस्थित होटल एम्बेसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो । बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिती रहेको बैंकले जनाएको छ ।

आठ प्रतिशत व्याजदरको नयाँ बचत खाता

यसैबिच गरिमा विकास बैंकले बैशाख १५ गतेबाट आठ प्रतिशत व्याजदरको नयाँ बचत योजना सुरु गरेको छ । ‘गरिमा शुभलाभ विशेष योजना’ नामक बचत योजनामा सहभागि हुने सेवाग्राहीले वार्षिक आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ ।

चालु आर्थिक वर्षको त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ । यस क्रममा बैंकले खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको जनाएको छ ।

प्रकाशित: १७ बैशाख २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ बैशाख २०७४, आईतवार