नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद अब अनलाइनबाटै

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद अब अनलाइनबाटै

काठमाडौं ।

नेपाल वायुसेवा निगमले अबदेखि अनलाईनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ।

प्रतिस्पर्धा युगमा अन्य एयरलाइन्सले पहिले देखि नै अनलाईन प्रविधिको प्रयोग गरेपनि निगमले ढिलो गरेको हो।

यद्यपी निगमले अन्तर्राष्ट्रिय उडान भएका सबै सेवामा अनलाइन टिकेटिङ सेवा क्ष्लतभचलभत द्यययपष्लन भ्लनष्लभ क्ष्द्यभ् मार्फत टिकट बुकिङ सुरु गरेकाले ग्राहकहरुले खुसी जनाएका छन्।

विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन्। यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा सहजता हुने छ।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा हवाई सेवा दिदै आएको छ।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...