आर्थिक समाचार

बडा दसैँमा एससीटीको अफर, भाटभटेनीमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% थप छुट

बडा दसैँमा एससीटीको अफर, भाटभटेनीमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% थप छुट
Global IME Bank

नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सुअबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ।

यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १०% वा रू.५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ। स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन्।

विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने जनाएको छ।

Sajilo Visa
easy care