खल्ती “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड” बाट मलेशियामा सम्मानित

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
खल्ती “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड” बाट मलेशियामा सम्मानित

काठमाडौं ।

खल्ती डिजिटल वालेट “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड” बाट मलेशियामा पुरस्कृत भएको छ ।

नेपालबाट क्यान महासंघ लगायत विश्वका विभिन्न ८० देशका सुचना तथा संचार प्रविधि सम्बन्धि संस्थाहरु सदस्य रहेको विट्साले मलेशियाको पेनाङमा भैरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजीको दोश्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरु मार्फत नामांकनका निम्ति आह्वान गरेको थियो ।

पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालवाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरुमध्ये ३ विधाका निम्ति सुचना तथा संचार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका बिभिन्न ५ वटा कम्पनी छनौट गरी पठाईएको थियो।

जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रालि) विश्वभरवाट प्राप्त सयौं नामांकनहरुमध्येवाट डिजिटल अपर्चुनिटीर ईन्क्लुजन विधामा पुरस्कृत भएको हो

सन २०१७ को क्यान इन्फोटेकमा सुचना प्रविधि मार्फत वित्तमा पहुंच भन्ने मुख्य उद्देश्यसहित शुरु गरिएको खल्ती डिजिटल वालेटले आफ्नो उद्देश्य पुर्तिका निम्ति ‘स्मार्ट छोरी’ अभियान मार्फत १० हजार भन्दा बढि महिलाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको थियो भने ७२० वटा महिलाहरुद्वारा प्रवर्द्धित साना तथा मझौला उद्योगहरुलाई तालिम प्रदान गरेको थियो ।

आफ्नो स्थापनाको ५ वर्षको छोटो अवधिमा आफुसंग ५० हजार भन्दा बढि एजेन्ट नेटवर्क रहेको एवं २० लाख भन्दा बढि प्रयोगकर्ताले आफ्नो सेवा प्रयोग गरेको खल्तीले जनाएको छ । यो अवधिमा ६० हजार भन्दा बढि साना तथा मझौला उद्योगहरुलाई समेत आफ्नो सेवा मार्फत ब्यबसाय वृद्धि गर्न सहयोग गरेको खल्तीले यो अवधिमा विबिन्न सम्मान समेत प्राप्त गरेको छ ।

खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुरस्कार ग्रहणका निम्ति पेनाङमा उपस्थित थिए। क्यान महासंघ पुरस्कृत खल्ती डिजिटल वालेटका साथै नेपालवाट नामांकित सबैलाइ हार्दिक वधाई ज्ञापन गर्न चाहन्छ एवं सुचना तथा संचार प्रविधि उद्यम सम्बन्धि नीतिहरुलाई वढावा दिन नेपाल सरकार तथा सबै राजनैतिक दलहरुलाई अनुरोध समेत गर्दछ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×