विगत ८ त्रैमासिकदेखि शाओमी नेपालको शीर्ष स्मार्टफोन कम्पनी

  • Technology Khabar | २४ भाद्र २०७९, शुक्रबार
विगत ८ त्रैमासिकदेखि शाओमी नेपालको शीर्ष स्मार्टफोन कम्पनी

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिकसम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफलभएका छौं। जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनु हुने एवम हाम्रो यात्रामा सहभागि हुनु हुने हाम्रा समस्तमी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरु प्रति हामी हार्दिक आभारी छौं। तपाईंहरुको माया र साथ प्रति हामी नतमस्तक छौं र हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पुरा गर्दै जानेछौं।’

रेडमी१० सिरिज, रेडमी ११ सिरिज, रेडमी १२ सिरिज लगायत विभिन्न मूल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिकबास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ। आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टर स्थापना गरेको छ। हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ।

नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ-साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ। यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ।

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ भाद्र २०७९, शुक्रबार