डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई १ लाख रुपैयाँ

  • Technology Khabar | २४ भाद्र २०७९, शुक्रबार
डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई १ लाख रुपैयाँ

काठमाडौं ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले १ लाख रुपैयाँ जितेका छन्।

प्रमुख अतिथी गल्याङ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ वाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले जितेका अधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरे।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।

विजेता अधिकारीलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी. नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ

प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×