रेमिट टु नेपालले पायो रेमिटान्स कारोबारको अनुमति

  • Technology Khabar | १७ चैत्र २०७३, बिहीबार
रेमिट टु नेपालले पायो रेमिटान्स कारोबारको अनुमति

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट टु नेपाललाई ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ ।

विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न सकुन भनेर विभिन्न बैंक वित्तीय संस्था, सहकारी संस्था, ट्राभल एजेन्सी र व्यवसायीक संस्थाहरुलाई सेवा प्रदान गर्ने सम्बन्धि संझौता गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कार्यकारी अधिकृतमा चन्द्र भट्ट छन् । ‘रेमिटान्सबाट दैनिक २ अर्ब रुपैयाँ बराबरको रकम नेपाल भित्रिए पनि ठूलो रकम नेपालीहरुले घरखर्चमै सिमित गर्ने गरेका छन,’ भट्टले भने, ‘यो रकम उत्पादनमुलक क्षेत्रमा सदुपयोग गर्न हामी विशेष जनचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्छौं ।’

प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १७ चैत्र २०७३, बिहीबार