आठ वर्षमा भारतीय बजारमा ५ करोड विद्युतीय सवारी साधन हुने अनुमान

  • Technology Khabar | १८ भाद्र २०७९, शनिबार
आठ वर्षमा भारतीय बजारमा ५ करोड विद्युतीय सवारी साधन हुने अनुमान

काठमाडौं ।

सन् २०३० सम्ममा छिमेकी देश भारतमा कुल विद्युतीय सवारी साधनको संख्या ५ करोड पुग्ने छ। यो चार्जिङ कम्पनीहरुको लागी एक ठूलो अवसर हुनेछ।

यो कन्सल्टेन्ट फर्म केपीएमजीको एक रिपोर्ट मा ईभीहरुको संख्याको बारेमा भविश्यको अनुमान हो। प्रतिवेदनमा ‘विद्युतीय सवारीसाधन चार्जिङ’लाई आगामी दिनमा ठूलो क्षेत्रका रुपमा समेत व्याख्या गरिएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईकाअनुसार भारतमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ र अब विद्युतीय सवारीको यो दायरा समयसँगै मुख्यधारामा समावेश भएको देखिन्छ।

केपीएमजीले आफ्नो प्रतिवेदनमा यो समयमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र विद्युतीय बसको बिक्रीमा वृद्धि भएको जनाएको छ। गत आर्थिक वर्षमा ईभीको बिक्री तीन गुणा बढेको थियो ।

प्रतिवेदनका अनुसार हाल भारतभर एक हजार ७ सय पब्लिक चार्जिङ स्टेसन छन्, जसलाई यसरी नै विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दै गयो भने पुग्दैन्।

प्रतिवेदनमा मार्च २०२२ सम्ममा भारतीय सडकमा विद्युतीय सवारी साधनको संख्या १० लाख नाघेको उल्लेख छ। जुन सन् २०३० सम्म ४.५ बाट बढेर ५ करोड पुग्ने सम्भावना छ । यस्तो अवस्थामा ईभी चार्जिङसँग सम्बन्धित कम्पनीहरूका लागि यो ठूलो अवसर हुने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार