टाटा नेक्सन ईभी जेट एडिसन सार्वजनिक, शुरुवाती मूल्य साढे १७ लाख भारु

  • Technology Khabar | १८ भाद्र २०७९, शनिबार
टाटा नेक्सन ईभी जेट एडिसन सार्वजनिक, शुरुवाती मूल्य साढे १७ लाख भारु

काठमाडौं ।

टाटा नेक्सन इभीको प्राइम तथा म्याक्स भेरियन्ट जेड एडिसन सार्वजनिक भएको छ। प्राइभ भेरियन्टको मूल्य साढे १७ लाख भारु र म्याक्स भेरियन्टको १९ लाख ५४ हजार भारु तोकिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

टाटा नेक्सन ईभीको जेट एडिशन यसको टप स्पेक एक्सजेडप्लस लक्स भेरियन्टमा आधारित छ।

यस इलेक्ट्रिक एसयूभीको लुक मात्र परिवर्तन गरिएकाले फिचर्समा नयाँ अपडेट देख्न नसकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

टाटा मोटर्सले हालै आफ्नो नेक्सन, ह्यारिस तथा सफारी एसयूभी जेट एडिसनमा ल्याएको थियो। अहिले कम्पनीले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सन ईभीको दुवै भेरियन्ट प्राइम तथा म्याक्स जेड एडिसनमा ल्याएको छ।

टाटा नेक्सन ईभी जेड एडिसनको परिवर्तनको कुरा गर्दा यसमा स्टारलाइन डुअल टोन रंग विकल्प दिइएको छ। यसमा ब्रोन्ज बडी सिल्भर रुफ छ। इलेक्ट्रिक ब्लू एक्सेन्टको स्थानमा ग्लोस ब्ल्याक वा सिल्भर एक्सेन्ट दिइएको छ।

टाटा नेक्सन प्राइममा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। र १२९ एचपीको इलेक्ट्रिक मोटर छ। कम्पनीका अनुसार यसले ३१२ किलोमिटरको रेञ्ज प्रदान गर्छ। म्याक्स मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएकोा छ। जसले ४३७ किलोमिटर रेञ्ज प्रदान गर्छ।

प्रकाशित: १८ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...