
काठमाडौं ।
टोयोटाले छिट्टै बीजेड३ (bZ3) को नाममा नयाँ इलेक्ट्रिक सेडान लन्च गर्न सक्छ, जसको पहिलो झलक लीक भएको छ। चीनमा आधारित एक वेबसाइटले आगामी टोयोटा इलेक्ट्रिक सेडान कारको तस्वीर साझा गरेको छ, जसमा यसको डिजाइन स्पष्ट देखिन्छ।
यस बाहेक वेबसाइटले इलेक्ट्रिक कारको बारेमा अन्य धेरै जानकारी पनि दिएको छ। रिपोर्टकाअनुसार टोयोटा बीजेड३ कार चीनमा मात्र लन्च हुनेछ र १६० किलोमिटर प्रतिघण्टाको उच्च गति हुनेछ।
कारन्यूजचाइनाले टोयोटा बीजेड३ इलेक्ट्रिक कारको तस्बिर सेयर गरेको छ र यो इलेक्ट्रिक सेडान कार चीनमा मात्र लन्च हुने पनि खुलासा गरेको छ। साथै, विद्युतीय कार एफएडब्लु-टोयोटाको संयुक्त लगानीमा बनाइने बताइएको छ।
बीजेड३ यस वर्षको अन्तिम त्रैमासको अन्त्यमा चिनियाँ बजारमा लन्च हुनेछ। बीजेड३ सन् २०२१ बीजेड एसडीएन कन्सेप्ट कारको उत्पादन संस्करण हो। हालसम्म टोयोटाबाट बीजेड३ को बारेमा कुनै आधिकारिक जानकारी आएको छैन।
वर्षको सुरुमा, टोयोटाले जीएसीसँगको सहकार्यमा जीएसीको विद्युतीय मोटर प्रयोग गर्ने बीजेड४एक्स (bZ4X) लन्च गरेको थियो। तर बीजेड३को लागि, टोयोटा बीवाईडीसँग सहकार्यमा गयो। यद्यपि, प्लेटफर्म टोयोटाको आफ्नै ई-टीएनजीए आर्किटेक्चरमा आधारित छ।
टोयोटा बीजेड३ले बीवाईडी ब्लेड एलएफपी ब्याट्री प्याक प्रयोग गर्दछ, तर ब्याट्री साइज अझै अज्ञात छ। यो रियर-ह्विल ड्राइभ कार हो। यसको बेस मोडलमा १८३ एचपी र टप स्पेक मोडेलमा २४४ एचपी रहेको पनि भनिएको छ। दुबै मोडलको टप स्पीड १६० किमी/घन्टामा सीमित हुनेछ।
प्रकाशित: १५ भाद्र २०७९, बुधबार