होन्डा र एलजीले अमेरिकामा ब्याट्री प्लान्ट निर्माण गर्न ४.४ बिलियन डलर लगानी गर्ने

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
होन्डा र एलजीले अमेरिकामा ब्याट्री प्लान्ट निर्माण गर्न ४.४ बिलियन डलर लगानी गर्ने

काठमाडौं ।

जापानी अटो कम्पनी होन्डा र दक्षिण कोरियाली ब्याट्री निर्माता एलजी इनर्जी सोलुसनले अमेरिकामा नयाँ इलेक्ट्रिक कार ब्याट्री प्लान्टमा ४.४ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्।

होन्डा र एलजी इनर्जीको सोलुसनले संयुक्त रुपमा अमेरिकीमा ४.४ बिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने सोमबार घोषणा गरेको आईबीटाइम्सले उल्लेख गरेको छ।

अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको क्यालिफोर्नियामा गत हप्ता राज्यमा बिक्री हुने सबै नयाँ कारहरुमा २०३५ देखि शून्य उत्सर्जन हुनु पर्ने निर्णय गरेको थियो। अन्य अमेरिकी राज्यहरुले पनि यसलाई पछ्याउने अपेक्षा सहित होन्डा र एलजीको यो घोषणा आएको हो।

संयुक्त विज्ञप्तिमा फर्महरुले २०२५ को अन्त्यसम्म उन्नत लिथियम आयन ब्याट्री सेलहरुको ठूलो उत्पादन गर्ने लक्ष्य राख्दै अर्को वर्ष प्लान्ट निर्माण शुरु गरिनेछ।

‘स्थानीय विद्युतीय सवारी साधनको उत्पादन विस्तार गर्ने र ब्याट्रीको समयमै आपूर्ति सुनिश्चित गर्नाले तिनीहरुलाई द्रुत रूपमा बढ्दो उत्तर अमेरिकी ईभी बजारलाई लक्षित गर्नको लागि उत्तम स्थितिमा राख्ने साझा विश्वासको आधारमा टाई–अपको निर्णय गरिएको थियो’, कम्पनीहरूले थपे।

गत महिनाको टेस्ला आपूर्तिकर्ता जापानको इलेक्ट्रोनिक्स कम्पनीले प्यानासोनिकले संयुक्त राज्य अमेरिकामा विद्युतीय सवारी साधनका लागि नयाँ ब्याट्री कारखाना निर्माण गर्न ४ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १४ भाद्र २०७९, मंगलवार