
काठमाडौं ।
नेटफ्लिक्सको विज्ञापनसहितको सेवा अफलाइनमा अर्थात डाउनलोड गरेर हेर्न नपाईने भएको छ।
नेटफ्लिक्सको आगामी विज्ञापनसहितको सेवा अफलाइनमा राख्दा चुनौती धेरै तथा खर्च बढि हुने भएकाले स्ट्रिमिङ प्लेटफर्ममा नहुने टेकक्रन्चले जनाएको छ।
नेटफ्लिक्सको आगामी विज्ञापन–समर्थित टियर दर्शकहरूका लागि उत्तम स्ट्रिमिङ विकल्प नहुने औंल्याईएको छ। एचबिओ म्याक्स पनि डाउनलोड गर्न नसकिने र फिल्म हेर्न वा कुनै कार्यक्रम अफलाइनमा हेर्न पनि नसकिने उल्लेख छ।
विकासकर्ता स्टीभ मोजरले भनेका छन्,“विज्ञापनहरूसहितका नेटफ्लिक्स बाहेक सबै योजनाहरूमा डाउनलोडहरू उपलब्ध छन्।”
विज्ञापन–समर्थित विकल्प अफलाइन अवलोकनको साथ नआउने भएकाले अबदेखि टियरका सदस्यहरूले पैसा तिर्ने र वार्षिक नविकरण गर्नुपर्ने बाध्यता छ।
सन् २०२३ को शुरूमा यो झन् परिवर्तन हुँदै जाने र नेटफ्लिक्स एपको कोडद्वारा प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार