नाडा इभी एक्सपो २०२२को लागि स्टल बुकिङ्ग खुल्ला

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
नाडा इभी एक्सपो २०२२को लागि स्टल बुकिङ्ग खुल्ला
फाइल तस्बिर

काठमाडौं ।

आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा इभी एक्सपो २०२२को लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभी एक्सपो २०२२को आयोजना गरिँदै छ।

सो इभी एक्सपोका लागि आज बुधबारदेखि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको नाडा इभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन्।

त्यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन्।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...