टेन्सेन्टले आफ्नो एनएफटी प्लेटफर्ममा अबदेखि डिजिटल सङ्कलनहरू जारी नगर्ने

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
टेन्सेन्टले आफ्नो एनएफटी प्लेटफर्ममा अबदेखि डिजिटल सङ्कलनहरू जारी नगर्ने

काठमाडौं ।

चिनियाँ इन्टरनेट दिग्गज टेन्सेन्ट होल्डिङ्सको नन-फन्जिबल टोकन (एनएफटी) प्लेटफर्म ‘हौउन्हे’ले अब सार्वजनिक रूपमा डिजिटल सङ्कलनहरू जारी नगर्ने मंगलबार बताएको छ। देशमा एनएफटीको बढ्दो उचाईका बिच नियामक छानबिनको रूपमा सो घोषणा गरेको हो।

शेन्जेनमा आधारित कम्पनीले गत अगस्टको सुरुमा आधिकारिक रूपमा सुरु भएको हौउन्हेले मंगलबारदेखि प्रयोगकर्ताहरूलाई नयाँ एनएफटी जारी गर्ने छैन। तर कम्पनीले अवस्थित कलेक्सनका मालिकहरूले अझै पनि आफ्नो सम्पत्ति राख्न, प्रदर्शन गर्न वा लागि फिर्ताको लागि अनुरोध गर्न सक्षम हुने रोयटर्सको रिपोर्टमा उल्लेख छ।

“कम्पनीको मुख्य रणनीतिमा ध्यान केन्द्रित गर्ने विचारको आधारमा, हौउन्हेले आफ्नो व्यवसायमा समायोजन गरिरहेको छ,” टेन्सेन्टले एक विज्ञप्तिमा भन्यो।

हौउन्हे चीनमा सबैभन्दा ठूलो एनएफटी प्लेटफर्महरू मध्ये एक हो, जहाँ नयाँ सङ्कलनहरू प्राय: लन्च भएपछि तुरुन्तै बिक्री हुन्छ।

पछिल्लो समय चीनमा नियामकहरुले एनएफटी कारोबार र प्लेटफर्महरुमा तिब्रगतिमा छानबिन र कडाई गरिरहेका छन भने प्लेटफर्महरुले समेत कारोबार रोकिरहेका छन्।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार