अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको हिस्सा ६८ प्रतिशत

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको हिस्सा ६८ प्रतिशत

काठमाडौं ।

अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको प्रभुत्व कामय रहेको छ। इलेक्ट्रेकका अनुसार अमेरिकी इलेक्ट्रिक कार बजारको ६८ प्रतिशत हिस्सा ओगटेको छ।

अमेरिकी बजारमा अन्य ईभी उत्पादकको प्रवेशसँगै क्रमिक रुपमा टेस्लाको बजार सेयर घट्दै गइरहेको छ। लामो समयदेखि टेस्लाले अमेरिकी ईभी बजारमा आफ्नो प्रभुत्व कायम राखिरहेको छ।

सन् २०२० मा अमेरिकामा दर्ता भएका नयाँ ईभी मध्येमा टेस्लाको सवारी ७९ प्रतिशत थियो। सन् २०२१ मा ६९.९५ प्रतिशतमा झरेको थियो। सन् २०२२ को मध्यसम्म ६८ प्रतिशत बजार हिस्सा सहित टेस्ला पहिलो स्थानमा छ।

अमेरिकी बजारमा सबैभन्दा धेरै बिक्री हुने ईभीमा टेस्लाको मोडल वाई रहेको छ। २०२२ को मध्यसम्म टेस्लाको मोडल वाई १ लाख ३ हजार २१५ युनिट बिक्री भएको छ।

दोस्रो स्थानमा टेस्लाकै मोडल ३ रहेको छ। टेस्ला मोडल ३ ९७ हजार ७५ युनिट बिक्री भएको छ।

१८ हजार ३९९ युनिट सहित फोर्ड मस्टाङ म्याच ई तेस्रो स्थानमा छ।

टेस्ला मोडल एस, टेस्ला मोडल एक्स, हुन्डाई आयोनिक ५, किया ईभी६, निसान लिफ, किया निरो ईभी र पोलस्टार २ क्रमस चौंथो देखि १० औं स्थानमा छन्।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×