
काठमाडौं ।
सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते हस्ताक्षर गरी कोभिड–१९ को ‘क्यूआर कोड’ जारी गर्ने प्रयास गरेको पाइएको छ।
साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्रीध्वज राई र प्रमुख प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको छ।
गाउँपालिकाको नामको नक्कली आईडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमति प्राप्त गरेको पाइएको हो।
गाउँपालिकाको तर्फबाट पनि क्यूआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तिले पनि गैरकानूनी रूपमा क्यूआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको गाउँपालिकाले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार