अमेरिकी गेमिङ सफ्टवेयर विकासकर्ता युनिटीले चीनसँग साझेदारी गर्दै

  • Technology Khabar | २५ श्रावण २०७९, बुधबार
अमेरिकी गेमिङ सफ्टवेयर विकासकर्ता युनिटीले चीनसँग साझेदारी गर्दै

काठमाडौं ।

अमेरिकी गेमिङ सफ्टवेयर विकासकर्ता युनिटीले चीनसँग साझेदारी गर्दैछ।

यस उद्यमले चिनियाँ प्रविधिका ठूला कम्पनीसँग सहकार्य गर्दै चीनमा बजार फैलाउन लागेको चिनियाँन्यूज सीजीटिएनले जनाएको छ।

अमेरिका र चीनबीच ताइवानको विषयमा अघोषित द्वन्द चलिरहेका बेला ठूला कम्पनीहरूको सहकार्यलाई आर्थिक विकासमा दुबै देशलाई सुझाएको देखिन्छ।

सिर्जनाकर्ताहरूको आवश्यकतालाई अझ राम्रोसँग सेवा गर्न अनुसन्धान र विकासमा आफ्नो लगानी बढाउन “नयाँ अवसरहरू अनलक” गर्ने जनाएको छ।

युनिटीले चिनियाँ सोशल मिडिया प्लेटफर्म वीच्याटमा पोस्ट गरेको विज्ञप्ति अनुसार युएस गेमिङ सफ्टवेयर निर्माण गर्ने रहेकोछ।

सफ्टवेयर विकासकर्ता युनिटीले अनलाइन गेमहरूको लागि विश्वको सबैभन्दा ठूलो बजारमा आफ्नो व्यवसाय बढाउने उद्देश्यले एक अर्ब अमेरिकी डलरको संयुक्त उद्यम स्थापना गर्न चिनियाँ प्रविधिका केही ठूला कम्पनीहरुसँग साझेदारी गर्न लागेको हो।

यस उद्यमले स्थानीय कम्पनीहरूसँगको सहकार्य बढाउन र चिनियाँ सिर्जनाकर्ताहरूको आवश्यकतालाई अझ राम्रोसँग सेवा गर्न अनुसन्धान र विकासमा आफ्नो लगानी बढाउने र अन्तराष्ट्रिय सहकार्य गर्ने जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार