माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक

  • Technology Khabar | १८ श्रावण २०७९, बुधबार
माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक

काठमाडौं ।

माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक भएको छ। कम स्टोरेज भएको एन्ड्रोइड प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गरेर माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक गरिएको हो। लाइट भर्जन मार्फत कम्पनी एन्ट्री लेभल प्रयोगकर्तालाई आकर्षित गर्न चाहन्छ।

द भर्जका अनुसार आउटलुक लाइटको डाउनलोड साइज ५ एमबी छ। यो एप १ जीबी क्षमता भएको र्याममा पनि राम्रोसँग चल्ने कम्पनीको दाबी छ।

माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप भारत, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको, पेरु र थाइल्याण्डलगयात १४ देशमा सार्वजनिक भएको छ।

माइक्रोसफ्ट आउटलुक लाइट भर्जनले हटमेल, लाइभ, एमएसएन, माइक्रोसफ्ट ३६५ र माइक्रोफ्ट अनलाइन एकाउन्ट सपोर्ट गर्छ।

कम्पनीले माइक्रोसफ्ट आउटलुक लाइट सार्वजनिक भएको जानकारी ब्लगका मार्फत् दिएको हो। हालका लागि माइक्रोसफ्ट आउटलुक लाइट एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।

आईओएसमा भने हालका लागि माइक्रोसफ्ट आउटलुक लाइट सपोर्ट गर्दैन। कम्पनीले निकट भविष्यमा आईओएस प्रयोगकर्ताका लागि पनि एप उपलब्ध गराउने योजना बनाएको छ।

प्रकाशित: १८ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार