
काठमाडौं ।
एजिलिटी रोबोटिक्सले विकास गरेको डिजिट रोबोटमा थप विकास र सुधार गरिने भएको छ। कम्पनीका सह-संस्थापकहरु डेमियन शेल्टन र जानाथन हस्र्टका अनुसार डिजिट रोबोटमा टाउको र आफ्नै अन्य डिजिट समावेश गरिने बताए।
डिजिट रोबोट पहिलो पटक सन् २०१९ मा प्रस्तुत गरिएको थियो। उक्त रोबोट डेलिभरीका लागि प्रयोग गरिँदै आएको टेकक्रन्चले उल्लेख गरेको छ। हाल कम्पनी लजेस्टिकमा केन्द्रित देखिएको छ।
अहिले कम्पनीले डिजिट रोबोटबाट ट्रकहरुमा सामान राख्ने र झार्ने र गोदाका सामान सार्न प्रयोग गर्ने योजना बनाएको छ।
‘हाम्रो योजना भनेको डिजिटको माध्यमबाट शारीरिक कार्यलाई सफ्टवेयरमा बदल्नु रहेको छ,’ शेल्टनले बिहीबार टीसी सत्र तथा डिजिटको डेमोको क्रममा भने।
कम्पनीले डिजिटको सफ्टवेयरमा सुधार गर्नुका साथै आवश्यकताको आधारमा हार्डवेयर थप्दै जानेछ।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार