
काठमाडौं ।
सामसङको ‘स्मार्टथिङ्गस फाइण्ड’ एप्पलको ‘फाइण्ड माइ नेटवर्क’को समकक्ष हो। यो सेवा नयाँ कोसेढुङ्गामा पुगेको छ र सामसङले स्मार्टथिङ्गस फाइण्ड विश्वव्यापी रूपमा २० करोड “नोडहरू” पुगेको घोषणा गरेको छ।
स्मार्टथिङ्गस फाइण्डले हराएको उपकरण र वस्तुहरू पत्ता लगाउन मद्दत गर्दछ। नोड भनेको कुनै पनि सामसङ उपकरण हो जुन स्मार्टथिङ्गस फाइण्डमा अप्ट इन गरिएको छ।
स्मार्टथिङ्गस फाइण्ड नेटवर्कमा दर्ता भएका कुनै पनि सामसङ ग्यालेक्सी स्मार्टफोनले तिनीहरूका डिभाइसहरू, वेयरेबल वस्तुहरू, वा स्मार्ट ट्यागहरू फेला पार्न र अरूलाई तिनीहरूको हराएको वस्तुहरू फेला पार्न मद्दत गर्न सहभागी हुन सक्छन्।
सामसङले ग्यालेक्सी स्मार्टट्याग र स्मार्ट ट्याग प्लस र लन्च गरेको छ जसले नजिकका उपकरणहरू ट्र्याक गर्न ब्लुटुथ लो-एनर्जी र अल्ट्रा-वाइड ब्यान्ड प्रयोग गर्दछ।
स्मार्टट्याग भएको कुनै यन्त्र वा वस्तु हराएमा, स्मार्टथिङ्गस फाइण्ड नेटवर्कमा दर्ता भएका नजिकैका ग्यालेक्सी डिभाइसहरूले वस्तुको अनुमानित स्थान सुरक्षित र बेनामी रूपमा रिले गर्न सक्छन्। नेटवर्कमा डिभाइस आईडीहरू प्रत्येक १५ मिनेटमा परिवर्तन हुन्छन् र इन्क्रिप्शनको साथ सुरक्षित रूपमा भण्डारण गरिन्छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार