ओला इलेक्ट्रिकको फ्याक्ट्री बेलायतमा तयार हुँदै

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
ओला इलेक्ट्रिकको फ्याक्ट्री बेलायतमा तयार हुँदै

काठमाडौं ।

ओला इलेक्ट्रिक भारतले विदेशमा पनि इलेक्ट्रिक सवारी बिक्री गर्ने तयारी शुरु गरेको छ।

ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले बेलायतमा निर्माण भइरहेको ओला इलेक्ट्रिकको फ्याक्ट्रीको तस्बिर सेयर गरेका छन्।

उक्त तस्बिरसँगै उनले फ्याक्ट्री छिट्टै तयार हुने जानकारी दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

उक्त फ्याक्ट्रीको नाम ‘फ्यूचर फाउण्ड्री’ रहेको छ।

फ्याक्ट्रीमा इलेक्ट्रिक कार बन्ने

ओलाले हालै तामिलनाडु फ्याक्ट्रीमा आयोजित कार्यक्रमका क्रममा आगामी इलेक्ट्रिक कारको जानकारी दिएको थियो।

ओलाले बेलायतको फ्याक्ट्रीमा इलेक्ट्रिक कारको डिजाइन तयार गर्नेछ। उक्त फ्याक्ट्रीमा ब्याट्री सेल प्रविधिमा अनुसन्धान र विकासको काम पनि गरिनेछ। ओलाले उक्त फ्याक्ट्रीमा ५ वर्षमा ७५९ करोड भारु लगानी गर्नेछ।

कम्पनीले ज्यागुरमा काम गरिसकेका पूर्व डिजाइनरलाई नियुक्त गरेको छ। उनले ओलाको आगामी सवारीको डिजाइनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ओलाले सन् २०२२ अगस्त १५ मा इलेक्ट्रिक कार प्रस्तुत गर्ने तयारी गरेको छ।

रिपोर्टका अनुसार ओलाको इलेक्ट्रिक कार ५ सीटर हुने सम्भावना छ। जसले फुल चार्जमा ५०० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार