मोटो जी४२ वाटरप्रूफ स्मार्टफोन भारतमा सार्वजनिक

  • Technology Khabar | २१ असार २०७९, मंगलवार

काठमाडौं ।

मोटोरोलाको मोटो जी४२ स्मार्टफोन सोमबार भारतमा सार्वजनिक भएको छ।

यो यसअघि उपलब्ध मोटो जी४१ स्मार्टफोनको उत्तराधिकारीका रुपमा आएको हो।

यो फोनमा आईपी५२ रेटेड वार रिपेलेन्ट अर्थात् पानी नछिर्ने फिचर दिइएको छ।२०:९ आस्पेक्ट रेशियो रहेको यो स्मार्टफोनमा एमोलेड डिस्प्ले तथा पछाडिपट्टी ट्रिपल क्यामरा सेटअप रहेको छ।

पावरका लागि यसमा क्वालकम स्न्यापड्रागन ६८० चिपसेट दिइएको छ भने यसले २० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। मोटो जी४२ को प्रतिस्पर्धा रेडमी रेडमी नोट ११, रियलमी ९आई तथा पोको एम४ सँग हुने भास्कर डटकमले जनाएको छ।

एन्ड्रोइड १२ मा चल्ने यो स्मार्टफोन ४जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेजमा आउने र भारतमा यसको मूल्य १३ हजार ९९९ तोकिएको समाचारमा उल्लेख छ।

यो स्मार्टफोन एटलान्टिक ग्रीन तथा मेटालिक रोज गरी दुई रंगमा उपलब्ध हुने र आगामी जुलाई ११ देखि फ्लिपकार्ट र केही रिटेल स्टोरमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया