
काठमाडौं ।
ह्वावेले २ नयाँ स्मार्टफोन चीनमा सार्वजनिक गरेको हो। ह्वावेले नोभा सिरिज अन्तर्गत सोमबार नोभा १० र नोभा १० प्रो सार्वजनिक गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
नयाँ स्मार्टफोनलाई नोभा ९ सिरिजको उत्तराधिकारीको रुपमा लिइएको छ।
ह्वावे नोभा १० र नोभा १० प्रोको शुरुवाती मूल्य ४०३ अमेरिकी डलर तोकिएको छ। कम्पनीले सोमबारदेखि प्रि बुकिङ खुल्ला गरेको छ भने जूलाई ८ देखि भने बिक्रीका लागि उपलब्ध गराइने छ।
ह्वावे नोभा १०
ह्वावे नोभा १० मा ६.७ इन्चको फूल एचडी प्लस ओएलईडी डिस्प्ले रहेको छ जसले २४०० वाई १०८० पिक्सलमा १२० गिगाहर्ज रिप्रेस रेट, ३०० गिगाहर्ज टच स्याम्पल रेट र २०ः९ आस्पेक्सट रेसियो रहेको छ।
फोनमा ओक्टाकोर स्न्यापड्रागन ७७८ फोरजी चिपसेट रहेको छ। नोभा १० मा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ। फोनमा हारमोनीओएस भी२.० बाट सञ्चालन हुन्छ।
फोनको पछाडि सुपर सेन्सिङ ५० मेगापिक्सल क्यामरा, ८ मेगापिक्सल अल्ट्रा वाइड लेन्स र २ मेगापिक्सल म्याक्रो सेन्सर सहित एलइडी फ्ल्यास छ।
सेल्फी र भिडियो कलका लागि ६० मेगापिक्सलको क्यामरा दिइएको छ।
४००० एमएएच ब्याट्रीले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
नोभा १० प्रो
नोभा १० प्रोमा ६.७८ इन्चको फुल एचडी प्लस ओएलइडी डिस्प्ले सहित १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनले २६५२ वाई १२०० पिक्सल र ३०० गिगाहर्ज टच स्याम्पल रेट प्रदान गर्छ।
नोभा १० प्रोमा स्न्यापड्रागन ७७८ फोरजी प्रोसेसर एड्रेनो ६४२एल १ चिपसेट दिइएको छ। यसमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज छ।
४५०० एमएएच ब्याट्रीले १०० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
फोनको पछाडि ट्रिपल क्यामरा सेटअप छ। ५० मेगापिक्सलको सुपर सेन्सिङ मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड एंगल म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेफ्थ सेन्सर सहित एलइडी फ्ल्यास छ।
सेल्फी तथा भिडियो कलका लागि डुअल क्यामारा दिइएको छ। ६० मेगापिक्सलको अल्ट्रावाइट एंगल ट्रयाकिङ क्यामरा र ८ मेगापिक्सलको क्लोज अप प्रोट्रेल क्यामरा दिइएको छ।
प्रकाशित: २१ असार २०७९, मंगलवार