
काठमाडौं ।
हुण्डाईले इन्डोनेसियामा स्थानीय स्तरमै उत्पादित स्टारगेजर सार्वजनिक गर्ने भएको छ।
कम्पनीले यसै महिना जकार्तामा मोटरस्टुडियो स्थापना गरेको छ। यो हुण्डाईको विश्वभरमा रहेको ७औं मोटरस्टुडियो हो। अन्य ६ ओटा मोटरस्टुडियो दक्षिण कोरिया, चीन र रुसमा रहेका डिजिटाइम्सले उल्लेख गरेको छ।
इन्डोनेसियाको स्थानीय समाचार संस्था बिस्निसले पनि हुण्डाईले आफ्नो बजेट एमपीभी स्टारगेजर इन्डोनेसियामा सार्वजनिक गर्ने समाचार प्रकाशित गरेक छ।
विशेषगरी दक्षिणपूर्वी एसिया र भारतका लागि लक्षित यो नयाँ मोडल आगामी जुलाई वा अगस्टमा सार्वजनिक गर्ने योजना रहेको छ।
हुण्डाईले कारका पार्टपुर्जा निर्माणका लागि स्थानीय अटोमोटिभ पार्टपुर्जा आपूर्तिकर्ता धर्म ग्रुपसँग सहकार्य गरेको छ।
धर्मका ग्राहकमा टोयोटा, होण्डा, सुजुकी तथा मित्सुबिसीलगायत थुप्रै एसियाली कार निर्माताहरु रहेका डिजिटाइम्सले उल्लेख गरेको छ।
प्रकाशित: १५ असार २०७९, बुधबार