उत्पादन बढाउन टेस्लाले गिगा शांघाई प्लान्ट विस्तार गर्ने

  • Technology Khabar | १४ असार २०७९, मंगलवार
उत्पादन बढाउन टेस्लाले गिगा शांघाई प्लान्ट विस्तार गर्ने

काठमाडौं ।

टेस्लाले इलेक्ट्रिक कारको उत्पादन वृद्धि गर्न चीनको गिगा शांघाई प्लान्ट विस्तार गर्ने भएको छ।

लकडाउनका कारण बन्द रहेको शांघाई प्लान्टबाट उत्पादन शुरु गरिसकेको थियो। तर प्लान्ट विस्तार गर्न कम्पनीले पुन: एक पटक उत्पादन रोक्ने भएको छ।

इनसाईईभीका अनुसार टेस्लाले गिगा शांघाई प्लान्ट विस्तार गर्न जुलाईको पहिलो दुई साता उत्पादन बन्द गर्ने योजना बनाएको छ।

कोभिड-१९ ले गर्दा सिर्जित परिस्थितका कारण कम्पनीले आफ्नो योजना दुई महिना पछि सारेको हो।

कम्पनीले गिगा प्लान्ट विस्तार गरेर प्रत्येक हप्ता २२ हजार इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य लिएको छ। जसमा ८ हजार मोडल ३ र १४ हजार मोडल वाई प्रत्येक हप्ता उत्पादन हुनेछ।

उक्त विस्तारपछि गिगा शांघाई प्लान्टबाट वार्षिक १० लाखभन्दा धेरै इलेक्ट्रिक कार उत्पादन हुनेछ।

गत मेमा टेस्लाका सीईओ इलन मस्कले कम्पनीले चीनको अन्य स्थानमा प्लान्ट नखोल्ने बताएका थिए। गिगा शांघाई प्लान्टको क्षमता विस्तार गरेर उत्पादन वृद्धि गर्ने योजना उनले सुनाएका थिए।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ असार २०७९, मंगलवार