एथर ४५०एक्सको लङ रेञ्ज मोडल आउँदै, सिंगल चार्जमा १४६ किमी गुड्ने

  • Technology Khabar | १३ असार २०७९, सोमबार
एथर ४५०एक्सको लङ रेञ्ज मोडल आउँदै, सिंगल चार्जमा १४६ किमी गुड्ने

काठमाडौं ।

इलेक्ट्रिक टू-ह्वीलर निर्माता एथर इनर्जीले आफ्नो ४५०एक्स इलेक्ट्रिक स्कुटर ठूलो ब्याट्रीसहित सार्वजनिक गर्ने तयारी गरेको छ।

एथरको फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५०एक्स वर्तमानमा २.९ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री र फुल चार्जमा ११६ किलोमिटर रेञ्ज प्रदान गर्छ।

एथर ४५० एक्सको मूल्य १ लाख ३८ हजार भारु (एक्स–सोरुम, दिल्ली) तोकिएको छ।

ड्राइभस्पार्कका अनुसार एथर ४५० एक्समा ३.६६ किलोवाट आवरको लिथियम-आयन ब्याट्री राखिने सम्भावना छ। यस ब्याट्रीको मद्दतले स्कुटरको रेञ्ज १४६ किलोमिटरसम्म हुने अनुमान गरिएको छ।

एथरको नयाँ ४५०एक्स ई-स्कुटर निर्माण शुरु गर्नका लागि अटोमोटिभ रिसर्ज एसोसिएशन अफ इन्डिया (एआरएआई)बाट अनुमति प्राप्त भइसकेको छ।

नयाँ ४५०एक्स ई-स्कुटरमा ४ देखि ५ फरक फरक राइडिङ मोड दिइने छ। तर एथरको तर्फबाट यसको आधिकारिक जानकारी भने आएको छैन।

हालको एथर ४५०एक्स साढे ३ घण्टामा ० देखि ८० प्रतिशत चार्ज हुन्छ र १० मिनेटको चार्जमा १५ किलोमिटरसम्म चलाउन सकिन्छ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार