ह्वावे नेक्स्ट जेनेरेसनको फ्रीबर्ड प्रो २ टीडब्ल्यूएस सार्वजनिक

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
ह्वावे नेक्स्ट जेनेरेसनको फ्रीबर्ड प्रो २ टीडब्ल्यूएस सार्वजनिक

काठमाडौं ।

ह्वावेको नेक्स्ट जेनेरेसनको फ्रीबर्ड प्रो २ टीडब्ल्यूएस इयरबर्ड मध्य र पूर्वी यूरोपमा सार्वजनिक भएको छ।

ह्वावेले केही समय अघि वायरलेस अडियो वेयरेबलको झलक देखाएको थियो।

ह्वावेले फ्रीबर्ड प्रो २ टीडब्ल्यूएस इयरबर्ड फ्रान्सको ध्वनि प्रविधि कम्पनी डेभिएलेटको सहयोगमा तयार गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
नयाँ इयरफोनमा सुधारिएको पर्फमेन्स र लामो ब्याट्री लाइफ छ।

ह्वावे फ्रीबर्ड प्रो २ मा डुअल ड्राइभ र ३ माइक्रोफोनले ४७ डीबी न्वाइज सप्रेसन गर्छ। न्वाइज क्यान्सलेसनका लागि कम्पनीको यो नयाँ बेन्च मार्क हो।

यस अघिको इयरफोनहरुले अधिकतम ४० डीबीसम्म न्वाइज क्यान्सलेसन गर्ने क्षमता राख्थे।

इयरबर्डले १४ गिगाहर्ज देखि ४८ किलो गिगाहर्जसम्मको फ्रिक्वेन्सी सपोर्ट गर्छ। कम्पनीले यसमा प्रयोगकर्ताको व्यहोरा जान्नका लागि कम्पनीले एडप्टिभ इक्विलाइजर थपेको छ र यसले राम्रो ध्वनि आउटपुटका लागि अडियो ट्वीक गर्छ।

न्वाइज क्यान्सलेसनले जनरल मोड, कोजी मोड र अल्ट्रा मोड सपोर्ट गर्छ।
इयरबर्डमा पानी र धुँवाबाट जोगाउनका लागि आईपी५४ दिइएको छ।

इयरबर्डको ब्याट्री क्षमता सार्वजनिक नगरिए पनि एक चार्जमा ३० घण्टासम्म चल्ने कम्पनीको दावी छ। इयरबर्ड सिल्भर ब्ल्यू, सिल्भर फरेस्ट (ब्ल्याक) र सेरामिक ह्वाइट कलरमा उपलब्ध छ।

प्रि-अडरका लागि उपलब्ध इयरबर्डको मूल्य २०० यूरो तोकिएको छ। कम्पनीले जुनलाई ११ देखि डेलिभरी शुरु गर्ने जनाएको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार