
काठमाडौं ।
गुगल क्रोम हामी मध्ये धेरैको लागि पूर्वनिर्धारित ब्राउजर हो। यद्यपि हामीले लामो समयदेखि गुगल क्रोम प्रयोग गर्दै आएका छौं, तर अझै पनि यसमा धेरै सुविधाहरू छन्, जुन सबैलाई थाहा हुँदैन।
क्रोममा लाइभ क्याप्सन प्रयोग गर्नु एकदम सजिलो छ। तपाईंले क्रोममा खेल्ने मिडियाका लागि लाइभ क्याप्सन सक्रिय गर्ने तरिकाको बारेमा यहाँ जानकारी दिने प्रयास गर्नेछौं। लाइभ क्याप्सन धेरै भाषाहरूमा उपलब्ध छन्।
स्टेप १- आफ्नो कम्प्युटरमा क्रोम खोल्नुहोस्।
स्टेप २- शीर्ष दायाँ साइडमा, मोरमा हेर्नुहोस् त्यसपछि सेटिङहरूमा क्लिक गर्नुहोस्।
स्टेप ३- सेटिङ पृष्ठको तल, एडभान्समा जानुहोस्, त्यसपछि एक्सेसिबिलिटीमा जानुहोस्। त्यसपछि क्याप्शनमा क्लिक गर्नुहोस्।
स्टेप ४- यसपछि लाइभ क्याप्शन अन गर्नुहोस्।
महत्त्वपूर्ण कुरा:-
तपाईंले भिडियो प्ले गर्दा क्याप्सनहरू सक्रिय गर्न, शीर्ष दायाँ साइडमा, मिडिया कंट्रोलमा क्लिक गर्नुहोस्। अटोप्ले भिडियोमा लाइभ क्याप्सन प्रयोग गर्न, भिडियोको साउण्ड अन गर्नुहोस्।
कसरी एन्ड्रोइड उपकरणमा गुगल क्रोममा कसरी लाइभ क्याप्शन सक्षम गर्ने
स्टेप १-सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड फोनमा जानुहोस्, र गुगल क्रोम खोल्नुहोस्।
स्टेप २- यसपछि दायाँ तर्फ आउने ३ डट आइकनमा क्लिक गर्नुहोस्।
स्टेप ३- अब यहाँ आउने धेरै विकल्पहरूबाट सेटिङ्स चयन गर्नुहोस्।
स्टेप ४- यस पछि एडभान्स ट्याबमा जानुहोस् र एक्सेसिबिलिटीमा क्लिक गर्नुहोस्।
स्टेप ५- यहाँ तपाईले धेरै विकल्पहरू पाउनुहुनेछ, जसमा तपाईले तल देखिने क्याप्शनको विकल्पमा क्लिक गर्नुपर्नेछ।
स्टेप ६- अब तपाईले यहाँ शो क्याप्शनको विकल्प पाउनुहुनेछ, त्यसपछि यहाँबाट यसको टगलमा क्लिक गरेर यसलाई अन गर्नुहोस्।
स्टेप ७- यहाँ तपाईंले क्याप्शन साइज र स्टाइलको विकल्प पनि पाउनुहुनेछ, जुन तपाईं आफ्नो अनुसार परिवर्तन गर्न सक्नुहुन्छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार