
काठमाडौं ।
सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एफ१३ आज (बुधबार) भारतमा सार्वजनिक हुने भएको छ।
फोन ब्ल्यू, ग्रिन र पिंक कलर विकल्पमा उपलब्ध हुने डीएनएइन्डियाले उल्लेख गरेको छ।
कम्पनीले फोन सार्वजनिक गर्नु पूर्व ईकमर्स साइट फ्लिपकार्टमा बिक्रीका लागि राखेको छ। तर फोनको मूल्य भने तोकिएको छ। मिडिया रिपोर्ट अनुसार सामसङ ग्यालेक्सी एफ१३ को मूल्य १५ हजार भारु भन्दा कम हुनेछ।
सामसङ ग्यालेक्सी एफ१३ स्मार्टफोनमा अटो डाटा स्विचिङ मोड अर्थात एक सिमको डाटा दोस्रो सिममा स्विच हुन्छ। यदि वाईफाई वा प्राइमरी सिमको कनेक्सन कमजोर भएमा वाईफाईबाट अटोमेटिकली मोबाइल डाटामा स्विच हुन्छ। वा प्राइमरी डाटा सिम दोस्रो सकेन्ड्री डाटामा पनि स्विच हुन्छ।
सामसङ ग्यालेक्सी एफ१३ स्मार्टफोनमा ६.६ इन्चको फुल एचडी प्लस एलसीडी डिस्प्ले दिइने छ। यसमा एकसनोस ८५० प्रोसेसर हुनेछ।
सामसङ ग्यालेक्सी एफ१३ मा ट्रिपल रियल क्यामरा सेटअप छ। यसको मुख्य क्यामरा ५० मेगापिक्सल, ५ मेगापिक्सल अल्ट्रा वाइड एन्गल रेन्स र २ मेगापिक्लस म्याक्रो लेन्स दिइने सम्भावना छ। फोनमा सेल्फी र भिडियो कलिङका लागि ८ मेगापिक्सलको लेन्स दिइने छ। फोनले फिंगरप्रिन्ट सेन्सर सपोर्ट गर्छ।
सामसङ ग्यालेक्सी एफ१३ मा दिइने ६००० एमएएच ब्याट्रीले १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: ८ असार २०७९, बुधबार