डिजिटल अर्बन सेक्युरिटीका लागि काठमाडौं महानगरमा सीसीटीभी जडान गरिने

  • Technology Khabar | ५ असार २०७९, आईतवार
डिजिटल अर्बन सेक्युरिटीका लागि काठमाडौं महानगरमा सीसीटीभी जडान गरिने
फाइल तस्बिर

काठमाडौं ।

डिजिटल अर्बन सेक्युरिटीका लागि काठमाडौं महानगरपालिकामा सीसीटीभी जडान गरिने भएको छ।

नेपाल प्रहरीसँगको सहकार्यमा डिजिटल अर्बन सेक्युरिटीका लागि महानगरमा सीसीटीभी जडान गरिने महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर सभा तथा ११ औं अधिवेशन मार्फत् आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बताएका हुन्।

यस्तै महानगरका सबै कार्यालयमा सीसीटीभी जडान गरी सेवा प्रवाहलाई प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ।

हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम मार्फत् प्रत्यक्ष सम्बाद कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ५ असार २०७९, आईतवार