हाइफ्युचरद्वारा नयाँ स्मार्टवाच र इयरबड बजारमा सार्वजनिक, हेर्नुस् विशेषताहरु

  • Technology Khabar | २ असार २०७९, बिहीबार
हाइफ्युचरद्वारा नयाँ स्मार्टवाच र इयरबड बजारमा सार्वजनिक, हेर्नुस् विशेषताहरु

काठमाडौं ।

हाइफ्युचरले नेपालमा फ्युचरफिट जोन तथा फ्लाइबड्स सार्वजनिक गरेको छ । यी दुबै उत्पादन विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन् ।

यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड भएको कमपनीले जानकारी दिएको छ। फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्ने बताईएको छ ।

चाहेजस्तो वेयरिङ अनुभव

फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन्। यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन्। फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्छ।

फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४*७ एसपीओ२ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ। लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटलाई अपनाएर आफ्नो जीवनशैलीलाई नयाँपन दिनुहोस्। यसको मूल्य ५ हजार ४९९ तोकिएको छ।

हाम्रो सबैभन्दा बढी रुचाइएको उत्पादन फ्लाइबड्स प्रो इयरबडले हामीलाई विश्व बजारमा शानदार प्रदर्शनका लागि सशक्तिकरण गरिरहेको छ। हामीले कलरको वरपरबाट आउने आवाजलाई फिल्टर गरेर बिल्ट-इन ४ माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन डेलिभरी गर्ने प्रयास गरेका छौं। यसको मूल्य ३ हजार ९९९ तोकिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार