बागमती प्रदेशमा सूचना प्रविधि पार्क निर्माण हुने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
बागमती प्रदेशमा सूचना प्रविधि पार्क निर्माण हुने
फाइल तस्बिर

काठमाडौं ।

बागमती प्रदेशमा सूचना प्रविधि पार्क निर्माण हुने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को लागि बागमती प्रदेशले ल्याएको बजेटमा प्रदेश भित्र उपयुक्त स्थानमा सूचना प्रविधि पार्क निर्माण शुरु गरिने उल्लेख छ।

यस्तै श्रमजीवि सञ्चारकर्मीहरुको हकहितका लागि प्रदेशले ध्यान पुर्याउनेछ। सञ्चार क्षेत्रसँग सम्बद्ध छाता संगठनहरुको क्षमता विकासमा सहकार्य गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ।

जनचेतनामूलक प्रचार सामाग्री निर्माण तथा लोककलयाणकारी विज्ञापन प्रसारणको लागि बजेटको व्यवस्था गरिएको छ।

यस्तै, सञ्चार माध्यमहरुलाई एकीकृत रुपले सेवा प्रवाह गर्न प्रदेश सञ्चार ग्राम स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ। प्रदेश सरकारका गतिविधिबारे आम नागरिकमा सहज ढंगले सूचना प्रवाह गर्न प्रदेश सूचना केन्द्र स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार