अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स बिच सम्झौता

  • Technology Khabar | ११ माघ २०७३, मंगलवार
अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स बिच सम्झौता

काठमाडौं ।

काठमाडौं, ११ माघ । भारतको केरालामा अवस्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत भारतीय अस्पतालले एनगोज सदस्यताभएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ ।

सम्झौताको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु हो । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ, साथ साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुने जानकारी दिइयाे ।

सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा  एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित थिए ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भने, ‘यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ । टेलिमेडिसिनको माध्यमबाट भारतमा हाम्रा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनीहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ । हाम्रो कोचीमा रहेको संस्थामा एनगोसबाट रेफर गरिएका दुईको यसअघि नै उपचार शुरु गरिसकेका छौं । नेपालबाट जाने विशेषगरि कठिन किसिमका केस भएका बिरामीहरु प्रत्येक महिना कम्तिमा २० देखि २५ जना सम्मलाई सेवा प्रदान गर्नेछौं ।’

एनगोसका अध्यक्ष डा. भरत प्रधानले नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको बताउँदै अझै यो भन्दा धैरै काम गर्न आवश्यक भएको बताए । ‘हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन् । भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको यो सहकार्यले हाम्रा अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्नेछ ।’

प्रकाशित: ११ माघ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...