सामसंग जे टू एस बजारमा, सेल्फीका लागि फ्ल्याश

Technology Khabar १० माघ २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, १० माघ । सामसंग नेपालले बजारमा ग्यालेक्सी जे सिरिजको जे टू एस (Galaxy J2 Ace) सार्वजनिक गरेको छ । कम्पनीले जे सिरिज सबैभन्दा बढि बिक्री हुने सिरिज भएको भन्दै जे टू एसले नेपाली बजारमा नयाँ आयाम सिर्जना गर्ने दाबी गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको जे टू एस स्मार्टफोनमा ५ इन्चको स्क्रीन रहेको छ भने फोरजी सपोर्ट गर्ने फोन हो ।

सामसंगले नेपाललगायतका एशियाली मुलुकहरुका लागि ल्याएको विशेष फिचर अल्ट्रा डाटा सेभिंग मोड यो स्मार्टफोनमा पनि राखिएको छ भने एस बाईक मोड फिचर पनि उपलब्ध रहेको छ । सामसंग ग्यालेक्सी जे टू एसमा टर्बो स्पीड टेक्नोलोजी प्रयोग गरिएको छ जसले र्यामको क्षमतालाई ४० प्रतिशत छिटो बनाउँछ ।

यसका साथै सामसंगले सार्वजनिक गरेको यो स्मार्टफोनमा एस पावर प्लानिंग फिचर उपलब्ध गराएको छ, जून स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम हो जसले हरेक समय यूजरलाई कनेक्ट गर्न सहयोग पुर्याउँछ । त्यसैगरी एस सेक्योरले सुरक्षितरुपमा इन्टरनेट चलाउन सहयोग गर्दछ भने निजी गोपनियतालाई सुरक्षित गर्दछ ।

सामसंग ग्यालेक्सी जे टू एस सार्वजनिक गर्दै सामसंग नेपालका एचएचपी डिभिजनका डेपुटी जनरल म्यानेजर प्रणय रत्न स्थापितले भने, ‘जे सिरिजका स्मार्टफोनहरु ग्राहकहरुसँग अभूतपूर्वरुपमा जोडिएको छ, जसमा नेपाललाई ध्यान दिएर राखिएका फिचरहरु, यूडिएस, एस बाईक, टिएसटी, एस पावर प्लानिंग र एस सेक्योर राखिएका छन जून ग्राहकहरुका लागि उत्कृष्ट भेट हो । हामी हाम्रो पोर्टफोलियो बढाउँदा निकै खुशी छौं र ग्यालेक्सी जे टू एसको मूल्य १३,९९० तोकेका छौं । यो ५ इन्चको स्क्रीन भएको स्मार्टफोन सेल्फी लिनेहरु र मनोरन्जन प्रेमीहरुका लागि आवश्यक हुनेछ ।’

स्मार्टफोनमा ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ भने यसमा १.४ गिगाहर्जको क्वाड कोर प्रोसेसरद्धारा संचालन हुनछ । यसमा १.५ जीबीको टर्बो स्पीड टेक्नोलोजीसहितको र्याम राखिएको छ । यसमा नकोरिने प्याटर्न ब्याक प्यानल रहेको छ जून आजैदेखि बजारमा उपलब्ध भएको कम्पनीले जानकारी दिएकोछ ।

फोनमा फोटोका लागि ८ मेगापिक्सेलको फ्ल्याशसहितको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्ल्याशसहितको फ्रन्ट क्यामरा राखिएको छ । ८ जीबीको आन्तरिक स्टोरेज रहेको फोनमा माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा २,६०० एमएएचको ब्याट्री पावर राखिएको छ भने कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, यूएसबी २.० भर्सन, जीपीएसलगायतका फिचर छन् ।

प्रकाशित: १० माघ २०७३, सोमबार

तपाइको प्रतिक्रिया