नमस्ते पे एपमा अब नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक उपलब्ध

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
नमस्ते पे एपमा अब नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक उपलब्ध

काठमाडौं ।

नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुबिधाहरु नमस्ते पे एपमा उपलब्ध भएको छ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले ल्याएको मोबाइल वालेट नमस्ते पेका प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरुअन्तरगत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्ने जानकारी दिएको छ।

नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार