टेन्सेन्टले ‘अनर अफ किङ्स’ फ्ल्यागशिप गेम विश्वभर सार्वजनिक गर्ने

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
टेन्सेन्टले ‘अनर अफ किङ्स’ फ्ल्यागशिप गेम विश्वभर सार्वजनिक गर्ने

काठमाडौं ।

चीनको टेन्सेन्ट होल्डिङ्सले आफ्नो अनर अफ किङ्स विश्वभर सार्वजनिक गर्ने भएको छ।

चीनको शेन्जेनमा रहेको उक्त कम्पनीको मल्टि-प्लेयर एक्शन गेम चीनमा सबैभन्दा धेरै खेलिने र यसले पछिल्लो समय राम्रो व्यापार पनि गर्दै आइरहेको छ।

डाटा संस्था सेन्सर टावरका अनुसार यो कम्पनी २०१५ देखि गत वर्षको सेप्टेम्बर बिचमा १० अर्ब डलर आम्दानी गर्ने कम्पनी बनेको छ।

टेन्सेन्टको यो गेमको अन्तरराष्ट्रिय लञ्चले स्थानीय स्तरमा नियामकको कडाईका कारण कम्पनीको यसलाई विश्वभर फैलाउने योजना रहेको उजागर गरेको छ।

चीनको गेमिङ नियामकले टेन्सेन्टलाई चीनमा गत वर्षको जुन यता कुनै नयाँ गेमको लाइसेन्स दिएको छैन। गत मंगलबार जारी भएको ६० गेमको लाइसेन्स सूचीमा टेन्सेन्ट समावेश नभएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार