एप्पल डब्ल्यूडब्ल्यूडीसी आजदेखि शुरु हुँदै

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
एप्पल डब्ल्यूडब्ल्यूडीसी आजदेखि शुरु हुँदै

काठमाडौं ।

एप्पल वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) आज रातीदेखि शुरु हुने भएको छ। नेपाली समय अनुसार सोमबार साँझ ११ः४५ बजेबाट शुरु हुने कार्यक्रम ५ दिनसम्म सञ्चालन हुनेछ।

डब्ल्यूडब्ल्यूडीसी यस वर्षको एप्पलको दोस्रो महत्वपूर्ण कार्यक्रम हो। यस वर्षको मे ८ मा एप्पलले आईफोन एसई तेस्रो जेनेरेसन लन्चका साथै अन्य महत्पूर्ण घोषण गर्न भव्य कार्यक्रम आयोजना गरेको थियो।

सन् २०१९ पछिको यो नै एप्पलको भौतिक रुपमा आयोजना गर्न लागिएको पहिलो कार्यक्रम हो। कोभिड-१९ का कारण अघिल्ला २ डब्ल्यूडब्ल्यूडीसी भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। डब्ल्यूडब्ल्यूडीसीको प्रत्यक्ष प्रसारण अमेरिकाको क्यालिफोर्नियामा अवस्थित स्टिभ जब्स थ्रेटरबाट हिन्दुस्तानटाइम्सले उल्लेख गरेको छ।

डब्ल्यूडब्ल्यूडीसीबाट एप्पलले आफ्ना भावी रणनीति घोषणा गर्दै आइरहेको छ। यसमा एम्पलको नयाँ सफ्टवेयर, आईओएस १६, आईप्याडओएस १६, म्याकओएस अपडेट, वाचओएसलगायत घोषणा गर्ने सम्भावना छ।

डब्ल्यूडब्ल्यूडीसीमा एप्पलले के कस्तो घोषणा गर्छ भन्ने कुरा आधिकारिक रुपमा भने बाहिरिएको छैन।

ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार एप्पलले हेल्थ एप अपडेट, नोटिफिकेसन प्यानल, स्क्रिन लकलगायत हुनेछ। यसका साथै एप्पल टिभी अपरेटिङ स्टिम, टिभीओएस, स्मार्ट होम अप्लायन्स, म्याकलगायतका सम्बन्धमा पनि डब्ल्यूडब्ल्यूडीसीबाट थप अपडेट उपलब्ध गराइने विश्वास लिइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार