शाओमीका यी स्मार्टफोनमा अब फर्मवेयर वा सफ्टवेयर अपडेट उपलब्ध नहुने

  • Technology Khabar | २२ जेष्ठ २०७९, आईतवार
शाओमीका यी स्मार्टफोनमा अब फर्मवेयर वा सफ्टवेयर अपडेट उपलब्ध नहुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले स्मार्टफोनहरुको इन्ड अफ सपोर्ट सूची अपडेट गरेको छ।

यो सूचीमा रहेका केही स्मार्टफोनमा अब सफ्टवेयर वा फर्मवेयर अपडेट सपोर्ट उपलब्ध हुने छैन।

यो सूचीमा रेडमी ७, रेडमी के२०, एमआई प्ले, एमआई ९ लगायतका थुप्रै चर्चित स्मार्टफोन छन्।

यसबाहेका सेक्युरिटीको सपोर्ट पनि कम्पनीले अन्त्य गर्न सक्ने बुझिएको छ।

यसरी सफ्टवेयर वा फर्मवेयर अपडेट बन्द हुने सूचीमा ७७ ओटा स्मार्टफोन रहेका नवभारत टाइम्सले उल्लेख गरेको छ।

शाओमीले सामान्यतया: कम्तीमा दुई वर्षका लागि आफ्ना डिभाइसमा मासिक वा चौमासिक रुपमा ‘सेक्युरिटी प्याच अपडेट’ उपलब्ध गराउने गर्दछ।

कम्पनीका केही प्रिमियम फोनहरुमा भने लामो समयसम्मका लागि पनि सफ्टवेयर अपडेट उपलब्ध हुन्छ। यसबाहेक कम्पनीले सेक्योरिटीसँग सम्बन्धित थुप्रै अपडेट वा सुधार पनि रिलिज गर्दछ।

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...