
काठमाडौं ।
यूरोपको १८ देशका उपभोक्ता समूहले लूट बक्सेस नामको गेम दुराशयपूर्ण रहेको आरोप लगाएका छन्।
उक्त गेममा रहेको भर्चुअल बक्सहरुमा के कुराहरु छन् भन्ने थाहा पाउन गेम खेल्नुपर्ने वा भुक्तानी गर्नुपर्ने बीबीसीले जनाएको छ।
यी बक्समा रहेका केही सामग्रीहरु भने उपयोगी टूल वा काम लाग्ने प्रकारका हुने र अन्य भने बेकार खालका हुन्छन्।
रिपोर्ट तयार पार्ने नर्वेजियन कन्जुमर काउन्सिलले गेमरहरु उक्त बक्सको सामग्री पाउने लालसामा ठूलो रकम खर्च गर्नेतर्फ दुरुत्साहन गरेको आरोप लगाएको छ।
उक्त गेमको प्रकाशक ईएले लूट बक्सेज गेमलाई बच्चाहरुको ह्याचिमल्स वा किन्डर सर्प्राइजसँग तुलना गरेको थियो।
गेम खेल्नेहरुले बक्समा राखेका सामान भुक्तानी नगरी हेर्न नसक्ने हुनाले आलोचकहरुले उक्त बक्सकहरु खेलौना क्षेत्रको नभई जुवा भएको आरोप लगाएका छन्।
उक्त गेममाथि यसअघि बेल्जियममा पनि प्रतिबन्ध लागिसकेको छ।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार