बिजबजारको “२० मा बिज” नामक अभियान आज राती १२ बजेबाट हुँदै

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
बिजबजारको “२० मा बिज” नामक अभियान आज राती १२ बजेबाट हुँदै

काठमाडौं ।

ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक क्याम्पेन अन्तर्गतको जेष्ठ महिनाको क्याम्पेन जेठ १९ गते राती १२ बजेदेखि लाइभ हुने भएको छ।

यस क्याम्पेनमा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्नुका साथै धेरै रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू प्राप्त गर्न सक्नेछन् भने जेष्ठ महिनाको “२० मा BIZ” क्याम्पेन विशेष गरी गेमिङ ग्याजेटहरू तथा इलेक्ट्राेनिक्स सामानहरूमा केन्द्रित रहेको बिजबजारले बताएको छ।

जेष्ठ २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट बिहान १० बजे देखि राति ८:२० बजेसम्म विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू तथा “What’s in the box?” खेल प्रत्यक्ष प्रसारण मार्फत सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

साथै जेष्ठ १८ गते मध्ये रातदेखि २०:२०:२० सम्म अर्थात्, जेष्ठ २० गते राति ८:२० बजेसम्म लिलामीबाट बिजबजारकाे वेबसाइटमार्फत बिजबजारले तोकेका विशेष सामानहरूमा सेवाग्राहीहरूले आफूले चाहेको रकम मोल (Bid) गरी खरिद गर्ने अवसर प्राप्त गर्ने बताईएको छ।

त्यसै गरी सो क्याम्पेन अन्तर्गतको पहिलो २० सेवाग्राहीहरूले २० मा बिज मार्फत किनेका सामानको अनबक्सिङ्ग फोटो वा भिडियो बिजबजारलाई पठाइ “अनबक्स एण्ड वीन” मा सहभागी हुँदा अर्को खरिदमा २० मा बिजमा खरिद गरेको रकमको २०% अथवा बढीमा ४ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार