
काठमाडौं ।
सोसल मिडिया कम्पनी सेयरच्याटले गुगल, टाइम्स ग्रुप, टेमासेकबाट लगानी रकम उठाएको छ।
भारतमा आधारित सेयरच्याटको मूल कम्पनीले गुगल, मिडिया जायन्ट टाइम्स ग्रुप र सिंगापुरको टेमासेकबाट लगभग ३० करोड अमेरिकी डलरको कोष जुटाएको हो।
यो कोष राउन्डले सोशल मिडिया फर्मको मूल्य लगभग ५ अर्ब अमेरिकी डलर बनाएको सम्झौता छलफलमा संलग्न दुई अज्ञात स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
सोही स्रोतकाअनुसार अर्को साता सम्झौता घोषणा हुने अपेक्षा गरिएको छ।
सेयरच्याटमा हाल १८ करोड मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। सर्ट भिडियो शेयरिङ्ग एप मोज र मोहालाको भर्खरै अधिग्रहण गरिएको एमएक्स टाकाटाकका साथमा करिब ३० करोडको संयुक्त प्रयोगकर्ता आधार छ।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार