
काठमाडौं ।
सरकारले सार्वजनिक निकायले विद्युतीय सवारी खरिद गर्नु पर्ने व्यवस्था गरेको छ।
पेट्रोलियम पदार्थको खपत घटाउनका लागि यस्तो निर्णय गरिएको सरकारको भनाइ छ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेटमा सार्वजनिक निकायले विद्युतीय सवारी खरिद गर्नु पर्ने व्यवस्था गरिएको हो।
वातावरण प्रदूषण पनि कम हुने र पेट्रोलियम पदार्थको खपत पनि घट्ने भएकाले सरकारले यस्तो निर्णय गरेको हो।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार