अनुसन्धानका लागि सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
अनुसन्धानका लागि सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने

काठमाडौं ।

सरकारले अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य तथा साझेदारी गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्र र अन्य आविष्कार केन्द्रलगायतसँग सहकार्य तथा साझेदारी गर्ने बताएका हुन्।

विभिन्न विषयमा अनुसन्धान र अन्वेषण गर्ने निकायबीच समन्वय र सहकार्य गरी अनुसन्धानत्मक कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय नेपाल कृषि अनुसान्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठानका कार्यकारी प्रमुखहरु सम्मेलित अनुसन्धान तथा विकास समन्य समिति गठन गरिनेछ। युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गरिनेछ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका सेडा, सेरिड, सिनासलगायत अनुसन्धान केन्द्र लगायत विश्वविद्यालय केन्द्रबाट हुने अनुसन्धानका लागि आवश्यक रकम विनियोजन भएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार