
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।
अर्थमन्त्री शर्माले आइतबार बजेट पेश गर्दै युवाहरुलाई उत्पादनमूलक उद्योगमा आकर्षण गर्न युवा स्टार्टअप कार्यक्रमअन्तरगत उद्यम प्रस्तावको धितोमा सहुलियत पुर्ण ऋण उपलब्ध गराईने घोषण गरेका छन्।
यसका साथै आगामी आर्थिक वर्षमा स्थानीय तथा बैंक तथा वित्तीय संस्थाको सहयोगमा बिजनेस इन्क्यूभेसनमार्फत १० हजार युवालाई उद्यममा जोडिने योजना समेत सार्वजनिक गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार