स्न्यापड्रागन पावर र ६,००० एमएएच ब्याट्रीको साथ रेड्मी १० नेपाली बजारमा

  • Technology Khabar | १२ जेष्ठ २०७९, बिहीबार
स्न्यापड्रागन पावर र ६,००० एमएएच ब्याट्रीको साथ रेड्मी १० नेपाली बजारमा

काठमाडौं ।

शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ। कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबैभन्दा उत्कृष्ट उत्पादन हो। रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनएम प्रोसेसरहरु रहेको छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएएचको ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ सीएम (९६.७१“) डिस्प्ले र ५० एमपी डुअल क्यामरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।”

कम्पनीकाअनुसार रेड्मी १० नेपाली बजारमा मिडनाइट ब्ल्याक, प्यासिफिक ब्लु, क्यारिबियन ग्रीनमा उपलब्ध छ।

नेपालमा रेड्मी १० ४/६४ जीबी संस्करणको मूल्य रु. १८,९९९/- छ। त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य रु. २१,९९९/- रहेको छ। रेड्मी १० नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...