
काठमाडौं ।
क्यानाडाले आफ्नो फाइभजी नेटवर्क विस्तार अभियानमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाएको छ।
क्यानडा सरकारले सुरक्षाको करण देखाउँदै ह्वावे र जेडटीलाई फाइभजी नेटवर्क विस्तार अभियानबाट अलग गराएको हो।
पछिल्लो समय ह्वावेले विशेषगरी अमेरिकी सहयोगी राष्ट्रहरुको विश्वास गुमाइरहेको गिगचाइनाले उल्लेख गरेको छ।
केही राष्ट्रहरुले ह्वावेलाई आफ्नो फाइभजी नेटवर्क निर्माणमा प्रतिबन्ध लगाएका छन्। क्यानाडा सरकारले ह्वावेको बारेमा निर्णय गर्न भने समय लगाएको छ।
लामो समयको प्रतिक्षा पछि क्यानडा सरकार ह्वावे माथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो।
ह्वावेले आफू माथिको प्रतिबन्धलाई राजनीतिक प्रतिशोधको रुपमा लिएको जनाउँदै आइरहेको छ।
अमेरिका जस्तै क्यानडाले पनि चिनियाँहरुले निर्माण गर्ने पूर्वाधारको पहुँच कमजोर हुने चिन्ता व्यक्त गरेको छ। क्यानडाले ह्वावेसँग अर्को चिनियाँ कम्पनी जेडटीई माथि पनि प्रतिबन्ध लगाएको छ।
क्यानाडा सरकारको आधिकारिक विज्ञप्ति अनुसार ह्वावे र जेडटीईले सन् २०२४ को २८ मे भित्रमा आफ्ना सबै फाइभजी उपकरणहरु हटाउनु पर्नेछ।
यसबाहेक क्यानाडाली क्यारियरहरुले यी कम्पनीहरुबाट फोरजी उपकरणहरु पनि हटाउनु पर्नेछ। यसका लागि सन् २०२७ सम्मको समय सीमा दिइएको छ।
यो वर्षको सेक्टेम्बर पछि कुनै पनि क्यानाडाली क्यारियरहरुले ह्वावे र जेडटीईबाट फोरजी र फाइभजी उपकरण खरिद गर्न पाउने छैनन्।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार